You Are Here: Home» Label1 , Label2 , Label3 , Label4 , Label5 , Label6 , Label7 » चुंगी दिन्छु भनेर फकाएर बलात्कार गरेँ


पुस,२९ सर्लाही– बलात्कारजस्तो जघन्य अपराधका घटना बढिरहेका बेला सर्लाहीमा फेरी एक बालिका बलात्कृत भएकी छन् । स्थानीय एक दलित युवकले ती बालिकालाई बलात्कार गरेका हुन् । ती युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।   हरिपुर गाविस–१, इन्द्रपुरका १४ वर्षीय विमल विकले स्थानीय ती बालिकालाई घर नजिकै रहेको चर्चमा खेलिरहेको बेला बोलाएर बलात्कार गरेका हुन् ।

बलात्कृत बालिका आफ्ना तीन साथीहरुसँग खेलिरहेका थिए । विकले बलात्कार गरेको स्वीकार गरेका छन् ।   ‘रबरको खेल्ने कुरा चुंगी दिन्छु भन्दै फकाएर घरभित्र लगेर बलात्कार गरेँ,’ अभियुक्त विकले भने, ‘तीन जनालाई नै बोलाए पनि दुई जना भने भागे ।’   बाबु आमा र परिवारका अन्य सदस्य कोही नभएको मौका छोपेर विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

जब्दी गाविस स्थित शिशु कल्याण जनता उमावि करैयामा ६ कक्षामा अध्ययनरत विकले बलात्कारका क्रममा डर नलागेको समेत बताए ।   बालिकाका अभिभावकले फकाएर सोधेपछि उनले आफूमाथि बलात्कार गरेको बताएकी थिइन् । घटना गाउँमै मिलाउने प्रयास भएपनि साँझपख बालिकाको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि साँझ ५ बजे गाउँलेहरुले प्रहरीकोमा खबर गरेका थिए । गाउँलेहरुले लगतै अभियुक्त विकलाई घेराबन्दीमा राखेर प्रहरीलाई बोलाएका थिए ।

बालिकाको योनी सुन्निएको तथा कपडामा र योनी वरीपरी विर्य समेत देखिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उमाशंकर पंजियारले अभियुक्त विश्वकर्मा माथि जर्वरजस्ती करणी ऐनअन्र्तगत जिल्ला अदालतबाट आइतबार म्याद लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।

0 comments

Leave a Reply